सर्वोच्चले दिएन बीमा प्राधिकरणका अध्यक्ष ओझाविरुद्ध परेको रिटमा अन्तरिम आदेश

काठमाडौं,२० चैत । सर्वोच्च अदालतले नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझाविरुद्ध परेको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।

सर्वोच्चका न्यायाधीश नहकुल सुवेदीको एकल इजलासले आज अध्यक्ष ओझाविरुद्ध अन्तरिम आदेश दिन अस्वीकार गरेको हो । योसँगै अध्यक्ष ओझाले कामलाई निरन्तरता दिन पाउने भएका छन्। ।

बीमा प्राधिकरणको अध्यक्ष बन्न नक्कली कार्यानुभवको प्रमाणपत्र पेस गरेको भन्दै ओझाविरुद्ध नेसनल लाइफ इन्स्योरेन्स कम्पनीकी अभिकर्तासमेत रहेकी अधिवक्ता इन्दिरा धमलाले गत चैत १७ गते रिट दायर गरेकी थिइन्। ।

यस रिटमा न्यायाधीश सुवेदीको इजलासले सरकारका नाममा कारण देखाऊ आदेश जारी गर्नुका साथै दुवै पक्षलाई छलफलमा डाकेको छ ।

प्रतिक्रिया दिनुहोस्