सुन चाँदी दुबै धातुको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?
काठमाडौं,२० चैत । बुधबार सुन चाँदी दुबै धातुको मूल्य घटेको छ । आज छापावाल सुन प्रतितोला ६०० रुपैयाँले घटेको हो । पछिल्ला दिन निरन्तर नयाँ रेकर्ड बनाएर बढीरहेको सुनको मूल्य आज भने घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ७९ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै बुधबार चाँदीको मूल्य भने १५ रुपैयाँले घटेको छ । आज चाँदी प्रतितोला दुई हजार २० रुपैयाँमा कारोबार भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्