अमेरिकी डलरको भाउ स्थिर, आजको अन्य प्रमुख विदेशी मुद्राहरुको सटही दर

काठमाडौं,२० चैत । विगत ४ दिनदेखि अमेरिकी डलरको भाउ स्थिर रहेको छ । नेपाल राष्ट्र बैंकका अनुसार आज चैत २० गते बुधबार १ अमेरिकी डलरको भाउ ९बिक्रीदर० १३७ रुपैयाँ ०६ पैसा कायम भएको छ । यस्तै, खरिददर १३६ रुपैयाँ ४६ पैसा कायम भएको छ । शनिबारदेखि अमेरिकी डलर यहि भाउमा कारोबार हुदै आएको छ ।

राष्ट्र बैंकका अनुसार आज १ युरोको बिक्रीदर १४७ रुपैयाँ ८५ पैसा रहेको छ भने खरिददर १४७ रुपैयाँ २१ पैसा रहेको छ । बेलायती पाउन्ड १ को बिक्रीदर १७६ रुपैयाँ ८८ पैसा खरिददर १७६ रुपैयाँ १० पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

त्यस्तै, जापानिज १० येनको बिक्रीदर ९ रुपैयाँ १८ पैसा र खरिददर ९ रुपैयाँ १४ पैसा छ । त्यसैगरी, अष्ट्रेलियन डलर १ को खरिददर आज ८५ रुपैयाँ २४ पैसा र बिक्रीदर ८५ रुपैयाँ ६१ पैसा तोकिएको छ । क्यानेडियन डलर १ को खरिददर भने ९४ रुपैयाँ ७७ पैसा र बिक्रीमा ९५ रुपैयाँ १८ पैसा पाइन्छ । कतारी रियाल १ को खरिददर ३७ रुपैयाँ ४४ पैसा र बिक्रीदर ३७ रुपैयाँ ६० पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्