राष्ट्रकवि घिमिरेको उपचार खर्च सरकारले व्यहोर्ने
काठमाडौं । राष्ट्रकवि माधवप्रसाद घिमिरेको उपचार खर्च सरकारले ब्यहोर्ने भएको छ । आन्तरिक रक्तश्राव भएपछि घिमिरे केही दिनदेखि अस्पतालमा उपचाररत छन् ।
ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा उपचाररत घिमिरेलाई सोमबार भेट्दै प्रधानमन्त्री केपी शर्मा ओलीले सम्पूर्ण खर्च सरकारले गर्ने बताएका छन् ।
प्रधानमन्त्रीले आवश्यक परे सरकारले विदेशमा लगेर समेत उनको उपचार गराउने प्रतिबद्वता जनाएका छन् ।
प्रधानमन्त्री ओलीका प्रेस संयोजक चेतन अधिकारीले राष्ट्रकवि घिमिरेलाई आत्मबल बलियो बनाउन तथा उपचारमा संलग्न चिकित्सकलाई उनको उपचारमा कुनै कसर बाँकी नराखन प्रधानमन्त्री ओलीले निर्देशन दिएको जानकारी दिए ।
आन्तरिक रक्तस्राव भएपछि घिमिरेलाई अहिले हाई केयर युनिटमा राखेर उपचार गरिएको छ ।
९९ वर्षीय घिमिरेको मुटु, मिर्गौला र फोक्सामा समस्या देखिएपछि विगत तीन महिनादेखि अस्पताल लाने र ल्याउने गरिँदै आएको थियो ।रासस
प्रतिक्रिया दिनुहोस्