१३ हजार कर्मचारीलाई कारबाही गर्न अख्तियारको निर्देशन

काठमाडौं।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सम्पती विवरण नबुझाउने १३ हजार ३ सय ९० कर्मचारीलाई कारबाही गर्ने निर्णय गरेको छ। उनीहरुलाई प्रति व्यक्ति ५ हजार रुपैयाँसम्म जरिवाना गर्ने निर्णय गरेको छ।

हरेक सरकारी कर्मचारीले आर्थिक वर्षको ६० दिनभित्र सम्पती विवरण बुझाउनु पर्ने प्रावधान छ। तर, कतिपयले जानी जानी सम्पती विवरण नबुझाउने गरेका छन्। ५ हजार जरिवाना गराई सम्पती विवरण बुझाउन गर्ने र गराउने निर्णय भएको अख्तियारका प्रवक्ता रामेश्वर दंगालले बताए। कारबाहीमा पर्नेमा धेरै जसो शिक्षक छन्। निजामती कर्मचारी र प्रहरीहरुको संख्या पनि ठुलो छ।

१३ हजार ३ सय ९० कर्मचारीले सम्पती विवरण नबुझाएको भन्दै उनीहरुलाई कारबाही गर्न राष्ट्रिय सर्तकता केन्द्रले अख्तियारमा नामहरु सिफारिस गरेको थियो। सोहीअनुसार आयोगले कारबाहीको निर्णय गरेको हो। उनीहरुबाट ६ करोड ६९ लाख ५० हजार रुपैयाँ जरिवाना सरकारले असुल्ने छ।

कतिपय कार्यालयबाट विवरण नै प्राप्त नभएकोले विवरण पेश गर्न आयोगले निर्देशन दिएको छ।

प्रतिक्रिया दिनुहोस्