मलेसियामा कामदारको भिसा रोकियो, भिसा प्रक्रिया तत्कालका लागि अवरुद्ध

काठमाडौं । मलेसियाले रोजगार भिसा प्रक्रियाका लागि पहिलो चरण मानिएको ‘इमिग्रेसन सेक्युरिटी क्लियरेन्स’ (आइएससी) को काम अर्को सूचना जारी नभएसम्मका लागि सोमबारदेखि बन्द गरेको छ ।

कामदारलाई आर्थिक भार पर्ने गरी मलेसियाले एकतफी रुपमा लागू गरेका ५ वटा संयन्त्रहरुलाई सरकारले हटाइदिएपछि मलेसियाले आइएससी काम रोकेको हो । आइएससीको का मगर्न मलेसियाले जीएसजी सर्भिस प्रालिलाई ठेक्का दिएको थियो ।

काठमाडौंस्थित मलेसियन दूतावासले प्रेस विज्ञप्ति जारी गर्दै नेपाल सरकारको अनुसन्धानलाई सहयोग पुर्‍याउन आइएससीको काम बन्द गराएको जनाएको छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले भीएलएन, ओएससी, जीएसजी, माइग्राम्सको नाममा गैरकानुनी रुपमा शुल्क उठाइरहेको निर्णय गरेपछि गृहले ती कम्पनीको काम कारवाही आइतबारदेखि रोकेपछि कामदारको भिसा प्रक्रिया तत्कालका लागि अवरुद्ध भएको छ ।

प्रतिक्रिया दिनुहोस्