सुन र चाँदीको मूल्यमा वृद्धि, कतिमा हुँदैछ कारोबार ?

काठमाडौ,१४ । बिहीबार सुन र चाँदीको मूल्यमा भारी वृद्धि भएको छ । आज सुनको मूल्य प्रतितोला एक हजार ३०० रुपैयाँले बढेको छ भने चाँदी तोलामा ३० रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन प्रतितोला एक लाख ७४ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ ।

बिहीबार चाँदीको मूल्य प्रतितोला ३० रुपैयाँ बढेको छ । आज बजारमा चाँदी प्रतितोला दुई हजार २० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्