सार्वजनिक विदा कटौतीप्रति मुस्लिम संघको आपत्ति, काठमाडौं प्रजिअलाई बुझाए ज्ञापनपत्र

काठमाडौं । सरकारले सार्वजनकि विवाद कटौती गरेकोमा आपत्ति जनाउँदै नेपाल मुस्लिम संघले काठमाण्डौका प्रमुख जिल्ला अधिकारी केदार प्रसाद शर्मालाई ज्ञापन पत्र बुझाएको छ ।
नेपाल मुस्लिम संघले आज जिल्ला प्रशासन कार्यालयमा केही समय अघि नेपाल सरकारले महत्वपूर्ण चाडहरुको विदा कटौटी गरेको निर्णयलाई सच्याउन आग्रह गर्दै काठमाण्डौका प्रमुख जिल्ला अधिकार्री केदार प्रसाद शर्मालाई ज्ञापन पत्र बुझाएको हो ।

कुल जनसंख्याको १० प्रतिशत भन्दाबढि मुस्लिम समुदाय रहेको यस समुदायको धार्मिक सांँकृतिक पहिचान बोेकेका पर्वहरुलाई सार्वजनिक विदाबाट हटाईएकोमा गम्भिर ध्यानाकर्षण भएको संघका केन्द्रीय सचिव प्रवेज अन्सारीले बताए । उनले राज्यको निकायमा समानुपातिक समावेशी सिद्धान्तको आधारमा सहभागिताको हक विपरित राष्ट्रिय सभा र मन्त्री मण्डलमा मुस्लिम समुदायको प्रतिनिधित्व बिहिन बनाएको हठर गर्दै वर्तमान सरकार मुस्लिम विरोधी भएको स्पष्ट भएको दावी गरे ।

नेपाल मुस्लिम संघका अध्यक्ष अब्दुल सत्तारले वर्तमान सरकारले मुस्लिम र मुस्लिम समुदाय प्रति अपमान गरेको दावी गर्दै उनले भने, “ सबै जात–जाती, धर्म र समुदायले लोकतान्त्रिक हक अधिकारको स–सम्मान उपभोग गर्न पाउनु पर्छ । यो नै संघिय लोकतान्त्रिक संविधानकको मुल मर्म हो ।” उनले सरकारको कार्य शैलीप्रति आपत्ति प्रकाट गर्दै यस्ता विभेदकारी व्यवहार आफूहरुलाई कदापी सह्य नहुने बताए ।

संघका उपाध्यक्ष कौशल शाहले नेपाल मुस्लिम संघको केन्द्रिय कार्य समितिको निर्णयानुसार संघका माग र अधिकारलाई सुनिश्चित तथा पूनःस्थापित गराउन यहि जेठ ७ गतेबाट सशक्त आन्दोलन गर्न बाध्य भएको बताइन् ।
संघले मुस्लिम समुदायका महत्पूर्ण पर्वहरु ईद, बकर ईद, हजरत मोहम्मद जयन्तीका सार्वजनिक विदाहरुलाई तत्काल सार्वजनिक विदा घोषणा गर्ने लगायत ६ बँुदे मागपत्र प्रस्तुत गरेको छ ।
यस अघि दिंदै आएको विभिन्न धर्म र समुदायका महत्वपूर्ण चाड पर्वहरु सार्वजनिक विदालाई सरकारले कटौती गरेको थियो । यसमा सबै धर्म र समुदायले आपत्ति जनाउँदै आएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्