सुन र चाँदी दुबै धातुको मूल्य बढ्यो
काठमाडौं,चैत १३ । बुधबार सुन र चाँदी दुबै धातुको मूल्य बढेको छ । आज सुनको मूल्य प्रतितोला २०० रुपैयाँले बढेको छ भने चाँदी तोलामा १० रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन प्रतितोला एक लाख ७३ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।
बुधबार चाँदीको मूल्य प्रतितोला १० रुपैयाँ बढेको छ । आजको चाँदी प्रतितोला एक हजार ९९० रुपैयाँमा कारोबार भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्