यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
काठमाडौं,१३ चैत । आज अमेरिकी डलरको भाउ बढेको छ । नेपाल राष्ट्र बैंकका अनुसार आज चैत १३ गते बुधबार १ अमेरिकी डलरको भाउ (बिक्रीदर) १३७ रुपैयाँ ५२ पैसा कायम भएको छ । यस्तै, खरिददर १३६ रुपैयाँ ९२ पैसा कायम भएको छ । यसअघि मंगलबार १ अमेरिकी डलरको भाउ बिक्रीदर १३७ रुपैयाँ ३२ पैसा र खरिददर १३६ रुपैयाँ ७२ पैसा कायम थियो ।
यता, राष्ट्र बैंकका अनुसार आज १ युरोको बिक्रीदर १४८ रुपैयाँ ८१ पैसा रहेको छ भने खरिददर १४८ रुपैयाँ १६ पैसा रहेको छ । बेलायती पाउन्ड १ को बिक्रीदर १७८ रुपैयाँ १४ पैसा र खरिददर १७७ रुपैयाँ ३६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ । जापानिज येन १० को बिक्रीदर ९ रुपैयाँ १६ पैसा र खरिददर ९ रुपैयाँ १२ पैसा छ ।
त्यसैगरी, अष्ट्रेलियन डलर १ को खरिददर आज ८६ रुपैयाँ ५३ पैसा र बिक्रीदर ८६ रुपैयाँ ९१ पैसा तोकिएको छ । क्यानेडियन डलर १ को खरिददर भने ९५ रुपैयाँ ८५ पैसा र बिक्रीमा ९६ रुपैयाँ २७ पैसा पाइन्छ । कतारी रियाल १ को खरिददर ३७ रुपैयाँ ५६ पैसा र बिक्रीदर ३७ रुपैयाँ ७३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्