कोशी, गण्डकी र कर्णालीमा चट्याङ्गसहित वर्षा
काठमाडौ, १३ चैत। हाल पश्चिमी वायू तथा स्थानीय वायूको आंशिक प्रभाव रहेको छ । आज पनि नेपालका केही ठाउँमा मौसम बदली भएको छ । पश्चिमी वायू तथा स्थानीय वायूको आंशिक प्रभाव रहेकोले मौसम बदली भएको हो ।
जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागको मौसम मुख्यतया सफा रहेको छ ।
आज कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जनरचट्याङ्गसहित हल्का वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ । यसका साथै ती प्रदेशका हिमाली र उच्च पहाडी भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको पनि सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ ।















प्रतिक्रिया दिनुहोस्