जनताको बैंकको लिलामी सेयर आवेदन भर्ने आज अन्तिम दिन

काठमाडौं । जनता बैंकले गुरु प्रसाद न्यौपानेबाट जफत गरेर लिलामीमा राखेको ८५ हजार एक कित्ता सेयरमा लिलामी आवेदन आजदेखि बन्द गर्देछ । आज कार्यालय समयभित्र बोलपत्र पेश गर्न सक्नेछन् ।

बैंकको लिलामीको सेयरको बिक्री प्रबन्धक काठमाडौं क्यापिटल रहेको छ । लिलामी सेयर सकार्न ईच्छुक लगानीकर्ताले काठमाण्डौं प्लाजामा रहेको काठमाडौ क्यापिटलको कार्यालयबाट आवेदन गर्न सक्नेछन् ।

राष्ट्र बैंकको निर्देशनपछि जनता बैंकले न्यौपानेले प्रचलित कानुन विपरित किनेको साधारण सेयर जफत गरी कात्तिक १५ देखि लिलामीमा राखेको हो । न्यौपानेको ८५ हजार एक कित्ता सेयर जफत भएको थियो ।

मर्जरको प्रकृया सार्वजनिक नभई भित्री सूचनाका आधारमा सेयर कारोबार गरेको प्रमाणित भएपछि राष्ट्र बैंकले जनता बैंकलाई न्यौपानेको सेयर जफत गर्न निर्देशन दिएको थियो । यस क्रममा न्यौपाने अन्य व्यक्तिका नाममा किनेको सेयर भने जफत हुनबाट बचेको थियो ।

प्रतिक्रिया दिनुहोस्