सेञ्चुरी बैंकको नयाँ शाखा सातदोबाटामा
काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले ग्राहकहरुमा आफ्नो सेवा विस्तार गर्ने लक्ष्यका साथ ललितपुरको सातदोबाटोमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।
उक्त बैंकको उद्धघाटन आज बैंकका अध्यक्ष राजेश कुमार श्रेष्ठले गरेका हुन् । सो समारोहमा बैंकका प्रमुख कार्यकारी अधिकृत तुलसीराम गौतम, सुमेरु अस्पतालका अध्यक्ष भरत मर्हजन, प्रहरी निरिक्षक शिताराम हाक्षेतु तथा बैंकका अन्य बरिष्ठ पद्धाधिकारी लगायतको उपस्थिती थियो ।
उद्धघाटन कार्यक्रममा बैंकका अध्यक्ष राजेश कुमार श्रेष्ठ, बैंकका प्रमुख कार्यकारी अधिकृत तुलसीराम गौतम, सुमेरु अस्पतालका अध्यक्ष भरत मर्हजनले आ–आफ(नो धारणा राखेको थिए ।
उद्धघाटन पश्चात् बैंकले उपत्यकामा १२ शाखाहरु र ५ वटा एक्स्टेन्सन काउन्टर र उपत्यका बाहिर ८२ शाखाहरु र ३ वटा एक्स्टेन्सन काउन्टर साथै १० वटा शाखारहित बैंकिङ्ग गरी जम्मा ११२ स्थानबाट कारोबार सञ्चालन गरिरहेको छ ।















प्रतिक्रिया दिनुहोस्