छापावाल सुनको मूल्यमा सामान्य गिरावट, चाँदी भने स्थिर
काठमाडौं,१२ चैत । मंगलबार सुनको मूल्य सामान्य घटेको छ । आज सुनको मूल्य प्रतितोला २०० रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ७३ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबारको बजारमा छापावाला सुन प्रतितोला एक लाख ७३ हजार ५०० रुपैयाँमा खरिदबिक्री भएको थियो ।
त्यस्तै, चाँदीको मूल्य भने स्थिर रहेको छ । आज चाँदीको कारोबार गत आइतबारको बजारमा कायम मूल्यलाई नै आधार मानेर प्रतितोला एक हजार ९८० रुपैयाँमा कारोबार भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्