अमेरिकी डलरको भाउ घट्यो, अन्यको कस्तो ?

काठमाडौं,१२ चैत । आज अमेरिकी डलरको भाउ घटेको छ । नेपाल राष्ट्र बैंकका अनुसार आज चैत १२ गते मंगलबार १ अमेरिकी डलरको भाउ (बिक्रीदर) १३७ रुपैयाँ ३२ पैसा कायम भएको छ । यस्तै, खरिददर १३६ रुपैयाँ ७२ पैसा कायम भएको छ । यसअघि सोमबार १ अमेरिकी डलरको भाउ बिक्रीदर १३७ रुपैयाँ ८६ पैसा र खरिददर १३७ रुपैयाँ २६ पैसा कायम भएको थियो ।

राष्ट्र बैंकका अनुसार आज १ युरोको बिक्रीदर १४८ रुपैयाँ ९३ पैसा रहेको छ भने खरिददर १४८ रुपैयाँ २८ पैसा रहेको छ । बेलायती पाउन्ड १ को बिक्रीदर १७७ रुपैयाँ ९४ पैसा र खरिददर १७७ रुपैयाँ १६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ । जापानिज येन १० को बिक्रीदर ९ रुपैयाँ १७ पैसा र खरिददर ९ रुपैयाँ १३ पैसा छ ।

त्यसैगरी, अष्ट्रेलियन डलर १ को खरिददर आज ८६ रुपैयाँ ११ पैसा र बिक्रीदर ८६ रुपैयाँ ४९ पैसा तोकिएको छ । क्यानेडियन डलर १ को खरिददर भने ९५ रुपैयाँ ४९ पैसा र बिक्रीमा ९५ रुपैयाँ ९१ पैसा पाइन्छ । कतारी रियाल १ को खरिददर ३७ रुपैयाँ ५१ पैसा र बिक्रीदर ३७ रुपैयाँ ६१ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्