सुन मूल्यमा सामान्य गिरावट,चाँदी भने स्थिर

काठमाडौं,११ चैत । सोमबार सुन मूल्य सामान्य घटेको छ । आज सुनको मूल्य प्रतितोला ६०० सय रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ७३ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, सोमबार चाँदीको मूल्य भने स्थिर रहेको छ । आज चाँदी प्रतितोला एक हजार ९८० रुपैयाँमानै कारोबार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्