विश्व क्षयरोग दिवसः सबैको सहकार्य भएमा नियन्त्रण गर्न सकिन्छः केन्द्र
काठमाडौं, १० चैत । राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रले विश्व क्षयरोग दिवसको पूर्व सन्ध्यामा आयोजना गरिएको पत्रकार सम्मेलनमा हेरक वर्ष मार्च २४ मा स्वास्थ्य तथा जनसख्या मन्त्री प्रदिप पौडेलको आतिथ्यतामा क्षयरोग नियन्त्रणमा उल्लेख्य भूमिका खेलेका व्यक्तित्तहरुलाई सम्मान तथा प्रभात प्रभातफेरी कार्यक्रमको आयोजना गरी राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रले विश्व क्षयरोग दिवस २०२५ मनाउन लागिएको हो ।
सो कार्यक्रममा बोल्दै राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रका निर्दैशक श्रीराम तिवारीले हामी क्षयरोग अन्य गर्न विभिन्न रणनीति तय गरी लागि परेको जानकारी दिए । उनले लगानीको प्रतिवद्धता र सेवा प्रवाहको सुनिश्चितता, आजको आवश्यकता भन्ने मुल नाराका साथ २४ मार्च, २०२५ का दिन भव्यताका साथमा क्षयरोग दिवस मनाउन गइरहेको घोषणा गरे । उनले भने यस्तो दिवसले हामीलाई क्षयरोग महामारीको अन्त्यका लागि गरिएका प्रतिवद्धताहरु, प्रयासहरु तथा उपलब्धीहरुलाई सम्झिने अवसरका साथै विभिन्न क्रियाकलापले हुने बताए । उनले यस रोगका कारण नेपालमा हजारौं मानिसहरु प्रभावित भईरहेका छन् भन्ने वास्तविकतालाई उजागर गर्नुका साथै विश्वव्यापी रुपमा क्षयरोग अन्त्यका लागि गरिएका हाम्रो साझा तथा सामुहिक संकल्पमा राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्र कटिवद्ध रहेको जानकारी दिए ।
क्षयरोग (टि.वी. विश्वभर लाखौ मानिसलाई प्रभावित गर्ने सरुवा रोग हो र नेपालमा जनसंख्या समस्याको रुपमा रहि आएको छ । नेपालमा सन् २०२३ मा विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा अनुमानित ६८ हजार नयाँ क्षयरोगी भएको पुष्टि भएको छ, जसको दर प्रति १ लाखमा २२९ रहेको र त्यसैगरी क्षयरोगका कारण सोह्र हजार व्यक्तिको मृत्यु भएको अनुमान छ । जसको मृत्युदर प्रति एकलाखमा चौवन्न थियो । सोही अवधिमा राष्ट्रिय क्षयरोग कार्यक्रमले चालिस हजार सात सय छयत्तर जना व्यक्तिहरु उपचारमा दर्ता गरेको छ, जसमा ३९ प्रतिशत महिला र ६१ प्रतिशत पुरुष रहेका थिए । पत्ता लगाएका क्षयरोग प्रभावित व्यक्तिहरु ७५६ जना थिए । ७२ प्रतिशत उपचारमा आएका मध्ये ७२ प्रतिशत फोक्सोको क्षयरोगी, २८ प्रतिशत अन्य रहेका छन् । त्यसैगरी उपचार प्रतिशत ९२ प्रतिशत रहेको केन्द्रले जनाएको छ ।
अझै केन्द्रले ४० प्रतिशत क्षयरोगी प्रभावितहरु उपचारको दायरामा ल्याउन नसक्नु ठुलो चुनौती रहेको बताउँदै स्रोतको अभाव, बजेटको कमी भएको जानकारी दिए । क्षयरोगका बिरामीहरु आर्थिक रुपमा कमजोर भएका, कुपोषण भएका, एच.आई.भि. भएका व्यक्तिहरुलाई बढी प्रभावित बनाउने बताए । क्षयरोग अन्त्यका लागि सबै क्षेत्रको सहकार्य हुन आवश्यक रहेको बताउँदै यसका लागि शिक्षा, श्रम, रोजगार, सामाजिक सुरक्षा लगायत अन्यको पनि महत्वपूर्ण योगदान हुँदा यसका लागि निजी क्षेत्र र समुदायको संलग्नता र आवश्यकता पर्ने बताए । नेपालमा क्षयरोग उपचारको लागि ६२४१ स्वास्थ्य संस्थाहरु र निधानका सेवाहरु ८०० वटा संस्थाहरुमा निशुल्क सेवा उपलब्ध छन् । साथै क्षयरोगको दु्रत परीक्षण सेवाको पहुँच ६७ जिल्लाका ११७ संस्थाहरुमा उपलब्ध छ । औषधी प्रतिरोधी क्षयरोगका बिरामीहरुको उपचार सेवा २९ वटा उपचार केन्द्रहरु र ९८ उपचार उप–केन्द्रहरुबाट प्रदान गरिदै आएको छ । साथै औषधी प्रतिरोधी बिरामीहरुको लागि ईन्जेक्सन सहित छोटो अवधिको ६ महिने उपचार रेजिमेन उपलब्ध गराइएको छ ।
क्षयरोग मुक्त नेपाल अभियान १४९ स्थानिय तहहरुमा विस्तार गरेको छ । जसमा ए.आई जडित डिजिटल एक्सरे मेसिनद्वारा समुदायमा क्षयरोग बिरामीहरुको सक्रिय खोज तलास गर्ने कार्यको शुरुवात गरेको छ । राष्ट्रिय क्षयरोग छैटौं औषधी प्रतिरोध सर्वेक्षण र पहिलो क्षयरोग बिरामी लागत सर्वेक्षण जस्ता महत्वपूर्ण अध्ययनहरु प्नि सम्पन्न भएका छन् । यस बाहेक प्रत्येक वर्ष क्षयरोग रोकथाम, निदान, र उपचार सम्बन्धी सीप अभिवृद्धि तालिमहरु पनि सञ्चालन गरिएका छन् । तर पनि यी प्रयासहरु प्रभावकारी भए तापनि क्षयरोग अन्त्यको लक्ष्य प्राप्तिको लागि सुधार गर्न धेरै नै बाँकी रहेको केन्द्रले जनाएको छ ।
चुनौती र प्रयासहरुलाई मध्यनजर गर्दै एक्सरेद्वारा क्षयरोग प्रभावित व्यक्तिहरुको पहिचान कार्यमा वृद्धि गर्ने, आवश्यक स्रोत तथा साधनहरु जुटाउन तथा परिचालनका लागि स्थानीय तहलाई नेतृत्वदायी भूमिका दिने, एकीकृत सेवाहरु प्रदान गर्ने, स्वास्थ्य प्रणालीलाई सुदृढ गरी गुणस्तरीय उपचार सेवाहरु सुनिश्चित गर्नु साथै निजी क्षेत्रको संलग्नतालाई सुदृढीकरण गर्ने र क्षयरोग प्रभावित व्यक्तिहरुलाई सामाजिक सुरक्षण प्रदान गर्नको लागि सम्बन्धित क्षेत्रसँग समन्वय तथा सहकार्य बढाउनु आगामी प्राथमिकतामा विशेष पर्दछन् भन्ने बताए ।
राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रको वार्षिक बजेट रु. १ अर्व २० करोड रहेको छ ।
प्रतिक्रिया दिनुहोस्