रसुवा–पोखरा–लुम्बिनी रेलमार्ग यसै वर्षदेखि सुरु गरिने
काठमाण्डौं । सरकारले रेलमार्ग र जलमार्ग निर्माण कार्यलाई प्राथमिकताका साथ अगाडि बढाउने भएको छ ।
संसदमा नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले मेची–महाकाली, काठमाडौं–वीरगंज र रसुवा–पोखरा हुँदै लुम्बिनीसम्मको रेलमार्ग निर्माण कार्यलाई यसै वर्षदेखि सुरुवात गरिने बताईन्।
यस्तै कोशी, सेती नदीमा जलमार्गको अवस्थाको बारेमा अध्ययन गरिने नीति तथा कार्यक्रममा समेटिएको छ ।
यस्तै हवाई उड्यन क्षेत्रलाई सुरक्षित र प्रभावकारी बनाउन उच्चतम प्रविधिको प्रयोग गर्ने र त्रिभुवन विमानस्थलको आधुनिकीकरण र व्यवस्थित गरिने उल्लेख छ ।
अबको एक वर्षभित्रै गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र तीन वर्षभित्र पोखरामा अन्तराष्ट्रिय विमानस्थल सञ्चालनमा ल्याइने उल्लेख छ । निजगढ अन्तराष्ट्रिय विमानस्थलको निर्माण कार्यलाई तीव्रता दिइँदै पाँच वर्षभित्र सक्ने गरी काम अगाडि बढाइने पनि नीति तथा कार्यक्रममा समेटिएको छ ।
प्रतिक्रिया दिनुहोस्