सुन र चाँदीको मूल्यमा गिरावट, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं,१० चैत । आईतबार सुन र चाँदीको मूल्य घटेको छ । आज सुनको मूल्य प्रतितोला ९०० सय र चाँदी तोलामा १५ रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार आज  छापावाल सुन प्रतितोला एक लाख ७४ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, आईतबार चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँले घटेको छ । आज चाँदी प्रतितोला एक हजार ९८० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्