​धरहरा, काष्ठमण्डप र रानीपोखरीको पुनर्निर्माण तीन वर्षमा सकिने

काठमाण्डौं ।  सरकारले तीन वर्षभित्र काठमाडौंका तीनवटा सांस्कृतिक सम्पदा, धरहरा काष्ठमण्डप र रानीपोखरीको पुनर्निर्माण गरिसक्ने दावी गरेको छ ।

आगामी आर्थिक वर्षका लागि सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले धरहरा, काष्ठमण्डप र रानीपोखरीको पुनर्निर्माण ३ वर्षभित्र गरिसक्ने उल्लेख गरेकी हुन् ।

काष्ठमण्डपको पुनर्निर्माणको काम सुरु भइसकेको छ भने धरहरा पुनर्निर्माणका लागि ठेकेदार छनोट गर्न सूचना जारी गरिएको छ । विवादका कारण रानीपोखरी पुनर्निर्माणको काम भने रोकिएको छ ।

प्रतिक्रिया दिनुहोस्