तीन दिनसम्म बादल लाग्ने, उच्च पहाडी भू-भागमा हल्का हिमपात हुने समेत सम्भावना

काठमाडौं, ८ चैत । पश्चिमी वायु र स्थानीय वायुको प्रभाव आजदेखि तीन दिनसम्म बादल लाग्ने र हल्का खालको पानी पर्ने सम्भावना रहेको छ ।

अरेवियन सागर हुँदै आएको पश्चिमी वायु र स्थानीय वायुको प्रभावले बादल लाग्ने, हल्का पानी पर्ने र उच्च पहाडी भू-भागमा हल्का हिमपात हुने समेत सम्भावना मौसमविदले जनाएको छ ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाकी मौसमविद प्रतिभा मानन्धरका अनुसार पश्चिमी र स्थानीय वायुको प्रभावले आज बिहानैदेखि बादल लागिरहेको छ । उनका अनुसार आज कोशी, मधेश, बागमती, गण्डकी र कर्णाली प्रदेशका थोरै स्थानहरू तथा बाँकी पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जनरचट्याङ्गसहित हल्का वर्षाको सम्भावना छ । यस्तो सम्भावना तीन दिनसम्म हुने देखिएको उनले बताइन् ।

उनका अनुसार अहिले कोशी प्रदेशका तराई क्षेत्रमा फाटफुट खालको पानी पर्न थालिसकेको छ ।

आज काठमाडौंमा पनि पानी पर्ने सम्भावना छ । ‘तर ठूलो पानी पर्दैन, हल्का खालको पानी पर्ने सम्भावना छ,’ उनले भनिन् । मेघगर्जनरचट्याङ्गसहित हल्का वर्षाको सम्भावना हरकोले सबै सचेत रहन विभागले अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्