नेता बालकृष्ण ढुंगेललाई गणतन्त्र दिवसका दिन कैदमुक्त गर्ने तयारी

काठमाडौं । कर्तव्य ज्यान मुद्दामा जेल परेका नेता बालकृष्ण ढुंगेल गणतन्त्र दिवसको दिन छुट्ने भएका छन्। बाँकी कैद सजाय मिनाहा गरी सरकारले उनलाई छाड्न लागेको हो।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले उनलाई गत कात्तिक १४ गते ललितपुरबाट पक्राउ गरेको थियो। डिल्लीबजार कारागारमा रहेका ढुंगेललाई सर्वोच्च अदालतले सर्वस्वसहित जन्मकैदको फैसला सुनाएको थियो।

कारागार नियमावलीकै प्रावधान अनुसार ढुंगेल छुट्न लागेका छन्। कारागार नियमावलीमा ४० प्रतिशत कैद भुक्तान गरिसकेपछि असल चालचलनको आधारमा कैदीलाई छाड्न सक्ने प्रावधान छ।
सोही प्रावधान अनुसार उनलाई गणतन्त्र दिवसको दिन आगामी जेठ १५ गते छाड्न लागिएको हो।

प्रतिक्रिया दिनुहोस्