सुनको मूल्य स्थिर, चाँदी भने सामान्य घट्यो

काठमाडौं,४ चैत । सोमबार सुनको मूल्य स्थिर रहेको छ । आज सुन आईतबारको बजारमा कायम भएको मूल्यलाई नै आधार मानेर कारोबार हुने भएको हो ।

नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार छापावाल सुन प्रतितोला एक लाख ७४ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, सोमबार चाँदीको मूल्य भने तोलामा ५ रुपैयाँले घटेको छ । आज चाँदीको मूल्य तोलाको दुई हजार ४० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्