आज सुन र चाँदीको मूल्य सामान्य घट्यो

काठमाडौं,३ चैत । आइतबार सुन र चाँदीको मूल्य सामान्य घटेको छ । गत शुक्रबार ऐतिहासिक उचाईमा पुगेको सुनको मूल्य आज भने प्रति तोला ४०० रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार आज छापावाल सुन प्रतितोला  १ लाख ७४ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, आइतबार चाँदीको मूल्य पनि घटेको छ । चाँदी तोलामा ५ रुपैयाँले घटेर २ हजार ४५ रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्