मोरङमा एम्बुलेन्स दुर्घटनामा चालकको मृत्यु
काटमाडौं, ३ चैत । कोशी राजमार्गको मोरङको बूढीगंगा खण्डमा एम्बुलेन्स दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका अनुसार शनिबार राति कोशी राजमार्ग अन्तर्गत बूढीगंगा गाउँपालिका–३ स्थित महालक्ष्मी वायर अगाडि मनमाया श्रेष्ठ स्मृति प्रतिष्ठान मोरङको को १ च ४७७४ नम्बरको एम्बुलेन्स दुर्घटना हुँदा चालक २४ वर्षीय आशिष राईको मृत्यु भएको हो ।
दुर्घटना गम्भीर घाइते राईलाई उपचारका लागि विराट शिक्षण अस्पताल भर्ना गरिएको थियो । उनको उपचारका क्रममा उनको मृत्यु भएको हो ।
उदयपुरको पञ्चावती घर भइ मृतक राई हाल मोरङको बूढीगंगा–२ मा बस्दै आएका थिए । तीव्र गतिका कारण दुर्घटना भएको हुनसक्ने प्रहरीले बताएको छ ।
प्रतिक्रिया दिनुहोस्