सुनको मूल्यमा भारी वृद्दि, आज तोलामा ४ हजारले बढेर बनायो नयाँ रेकर्ड
काठमाडौं,१ चैत्र । शुक्रबार सुनको मूल्यले ऐतिहासिक उचाई कायम गरेको छ । आज छापावाल सुनको मूल्य प्रतितोला ४ हजार रुपैयाँले बढेर नयाँ रकर्ड कायम गरेको हो ।
नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ७४ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । गत फागुन १३ गते कायम उचाई एक लाख ७१ हजार ३०० रुपैयाँको उचाईलाइै ब्रेक गर्दै एक लाख ७४ हजार ५०० रुपैयाँ पुगेर नयाँ रेकर्ड बनाएको हो ।
त्यस्तै, शुक्रबार चाँदीको मूल्य तोलामा ५० रुपैयाँले बढेको छ । आज चाँदी प्रतितोला दुई हजार ५० रुपैयाँमा कारोबार रहेको छ ।
प्रतिक्रिया दिनुहोस्