आज अमेरिकी डलरको भाउ घट्यो, प्रमुख विदेशी मुद्राहरुको सटही दर कति ?

काठमाडौं,१ चैत । आज अमेरिकी डलरको भाउ घटेको छ । नेपाल राष्ट्र बैंकका अनुसार आज चैत १ गते शुक्रबार १ अमेरिकी डलरको भाउ (बिक्रीदर) १३९ रुपैयाँ ५० पैसा कायम भएको छ । यस्तै, खरिददर १३८ रुपैयाँ ९० पैसा कायम भएको छ । यसअघि बिहीबार १ अमेरिकी डलरको भाउ बिक्रीदर १३९ रुपैयाँ ८४ पैसा र खरिददर १३९ रुपैयाँ २४ पैसा कायम भएको थियो ।

यता, राष्ट्र बैंकका अनुसार आज १ युरोको बिक्रीदर १५१ रुपैयाँ ६० पैसा रहेको छ भने खरिददर १५० रुपैयाँ ९५ पैसा रहेको छ । बेलायती पाउन्ड १ को बिक्रीदर १८० रुपैयाँ ६२ पैसा खरिददर १७९ रुपैयाँ ८५ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ । जापानिज येन १० को बिक्रीदर ९ रुपैयाँ ३८ पैसा र खरिददर ९ रुपैयाँ ४२ पैसा छ ।

त्यसैगरी, अष्ट्रेलियन डलर १ को खरिददर आज ८७ रुपैयाँ ३५ पैसा र बिक्रीदर ८७ रुपैयाँ ७२ पैसा तोकिएको छ । क्यानेडियन डलर १ को खरिददर भने ९६ रुपैयाँ ६० पैसा र बिक्रीमा ९७ रुपैयाँ ०२ पैसा पाइन्छ । कतारी रियाल १ को खरिददर ३८ रुपैयाँ ११ पैसा र बिक्रीदर ३८ रुपैयाँ २७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्