तीन महिने ब्युटिसियन तालिम निःशुल्क प्रदान

काठमाडौँ । श्री सक्षम नारी नेपालले काठमाडौँ महानगरपालिका- १४स्थित कलंकीमा आधारभुत सौर्न्दर्यकला अन्तर्गत तीन महिने ब्युटिसियन तालिम निःशुल्क प्रदान गरेको छ।
बागमती प्रदेश सरकार तथा जिल्ला सामाजिक कार्यलय ललितपुरको सहकार्यमा आयोजित उक्त कार्यक्रममा करिब ४० जना प्रशिक्षार्थी सहभागी थिए।
समापन समारोहमा बागमती प्रदेशका अर्थ तथा सामाजिक विकास सभापति नुरज बज्राचार्यले व्यवसायिक सिपको विकासले स्वरोजगार सिर्जना गर्न सहयोग पुर्याउने बताउँदै प्रदेश सरकारले सिपमूलक परियोजनाका लागि लगानी वृद्धि गर्नुपर्नेमा जोड दिनुभयो। प्रशिक्षार्थीले जानेका तथा सिकेका सिपलाई प्रयोग गरी आय आर्जन गर्नुपर्नेमा जोड दिँदै उहाँले त्यसले मुलुकको आर्थिक गतिविधिलाई गतिशिल बनाउने विश्वास व्यक्त गर्नुभयो।
काठमाडौँ महानगरपालिका- १४ वडासदस्य अनिता नेपालीले मुलुकमा सामाजिक रुपान्तरणका लागि महिला सशक्तिकरणको खाँचो औँल्याउनुभयो।
पछिल्लो समय सौन्दर्य कलाप्रति युवा वर्गको आकर्षण बढ्दै गएको पाइएको छ। थौरै लगानीमा राम्रो आम्दानी हुने भएपछि यस क्षेत्रमा आकर्षण बढेको हो।
विगतमा विभिन्न तालिमहरु संचालन गरेको श्री सक्षम नारी नेपालले आगामी दिनमा पनि यस्ता व्यवसायिक तालिम उपलब्ध गराउने जनाएको छ।
प्रतिक्रिया दिनुहोस्