पौडेल हत्या प्रकरणका कांग्रेसकै ६ कार्यकर्तालाई जन्मकैदको फैसला

काठमाडौं । अदालतले कांग्रेस नेता रामजी पौडेल बादल को हत्यामा सलग्न ६ जनालई जन्मकैदको फैसला गरेको छ ।

न्यायधीश उमेशप्रसाद लुईटेलको इजलासले आईतबार राजु रानाभाट, रविन केसी, अशोक गुरुङ, सन्दीप गुरुङ, प्रकाश गुरुङ, र विश्वास गौतमलाई जन्मकैदको फैसला गरेको हो ।

२०७२ साउच २८ मा पोखरा महानगरपालिकाको लामेआहालबाट गगनगौंडा आउने क्रममा उनको हत्या भएको थियो ।

दोषी ठहर भएका ६ जना नै कांग्रेसका कार्यकर्ता हुन् । आजको कान्तिपुर दैनिकमा यो खबर छ ।

प्रतिक्रिया दिनुहोस्