सुन र चाँदीको मूल्य सामान्य घट्यो

काठमाडौं,२७ फागुन । मंगलबार, सुन र चाँदीको दुबै धातुको मूल्य सामान्य घटेको छ । आज सुन मूल्य प्रतितोला ५०० रुपैयाँ घटेको छ भने चाँदीको मूल्य तोलामा १५ रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ६९ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, मंगलबार चाँदीको मूल्य तोलामा १५ रुपैयाँले घटेको छ । आज चाँदी प्रतितोला एक हजार ९७० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्