देशभरका शिक्षकहरुको फेरि आन्दोलन सुरु

काठमाडौं, २४ फागुन। देशभरका शिक्षकहरु फेरि काठमाडौं केन्द्रित सडक आन्दोलन सुरु गरेका छन् । देशभरबाट भेला भएका शिक्षक शिक्षिकाहरुले काठमाडौ‌को माइतीघरदेखि नयाँबानेश्वरसम्म बृहत प्रर्दशन गरेका छन् ।

शिक्षा ऐन जारी गर्न दबाब दिन बृहत आन्दोलन सुरु गरिएको महासंघले जनाएको छ । आन्दोलनमा देशभरबाट शिक्षकहरु आएका छन् । उनीहरु माइतीघर मण्डलाबाट नारा जुलुस गर्दै नयाँ बानेश्वरसम्म प्रदर्शन गरेका छन् । विगतका सबै सहमति सम्बोधन हुने विद्यालय शिक्षा ऐन जारी गर्न राज्यलाई बाध्य पार्ने उनीहरुले बताएका छन् ।

 

महासंघले चरणबद्ध आन्दोलनको घोषणा गरेको छ । यसअघि २०८० मा सरकारसँग भएको सहमति अनुसार शिक्षा ऐन जारी हुनुपर्ने उनीहरुको माग छ । यसको लागि विभिनन संघर्षका कार्यक्रमहरु गर्ने उनिहरुले बतार््का छन् ।

प्रतिक्रिया दिनुहोस्