नयाँ गभर्नर नियुक्त गर्न समिति बनाउने मन्त्रिपरिषद्को निर्णय
काठमाडौं,२२ फागुन । सरकारले नेपाल राष्ट्र बैंकको नयाँ गभर्नर नियुक्तिका लागि सिफारिस समिति बनाउने निर्णय गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारी निवास बालुवाटारमा बुधबार बसेको मन्त्रिपरिषद् बैठकले समिति बनाउने निर्णय गरेको हो ।
गभर्नर महाप्रसाद अधिकारीको पाँच वर्षे कार्यकाल यहि चैत २४ गते सकिंदैछ । नयाँ गभर्नरको नियुक्तिका लागि सरकारले प्रक्रिया अघि बढाएको हो । गभर्नर अधिकारी भने चैत ५ देखि १५ गतेसम्म फोर्स लिभमा बस्नेछन् ।
उनको कार्यकाल सकिंदै गर्दा गभर्नर बन्ने दौडमा थुप्रै आकांक्षीहरु देखापर्न थालेका छन् । आगामी गभर्नरको कुर्ची हत्याउन उनीहरुले शक्तिकेन्द्रहरुसँग निकटता बढाउने दौडाह सुरु भइसकेको छ । कतिपयले शक्तिकेन्द्रहरुमा अर्थतन्त्र कायपलट पार्ने बिफ्रिङ समेत दिन थालिसकेका छन् ।
प्रतिक्रिया दिनुहोस्