सुनको मूल्यमा सामान्य र चाँदीको मूल्यमा भारी वृद्धि
काठमाडौं,२२ फागुन । बिहीबार सुन र चाँदी दुबै धातुको मूल्य बढेको छ । आज सुन मूल्य प्रतितोला ३०० रुपैयाँ बढेको छ भने चाँदी ३५ रुपैयाँ बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ७० हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ । पछिल्ला केहि दिनदेखि सुन र चाँदीको मूल्यमा निरन्तर वृद्धि भएको छ ।
त्यस्तै, बुधबार चाँदीको मूल्य तोलामा ३५ रुपैयाँले बढेको छ । आज चाँदी प्रतितोला एक हजार ९८५ रुपैयाँमा खरिद बिक्री भएको छ ।
प्रतिक्रिया दिनुहोस्