अधिक तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले बजारबाट ५० अर्ब खिच्दै
काठमाडौं,२१ फागुन । नेपाल राष्ट्र बैंकले बजारबाट ५० अर्ब रुपैयाँ तान्ने भएको छ । बजारमा अधिक तरलता भएपछि राष्ट्र बैंकले फागुन २१ गते ५० अर्ब रुपैयाँ खिच्ने भएको हो ।
२१ दिन अवधिका लागि राष्ट्र बैंकले उठाउन लागेको हो । उक्त ५० अर्ब रुपैयाँको साँवा तथा ब्याज बैंकहरुले चैत १३ गते फिर्ता पाउनेछन् । क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाहरुले न्यूनतम १० करोड र बढीमा ५ करोडले भाग गर्दा निः शेष आउने अंक बराबरको निक्षेप राष्ट्र बैंकमा राख्न सक्ने भएका हुन ।
बैंकहरुले त्यसरी राखेको निक्षेपको ब्याजदर भने बोल कबोलका माध्यमबाट निर्धारण हुने राष्ट्र बैंकले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्