डडेल्धुराको स्थानीय तहहरुमा भत्ताको दर फरक

काठमाडौ । डडेल्धुरा जिल्लामा दुई नगरपालिका र पाँच गाउँपालिका छ । उक्त जिल्लाका नगरपालिका र गाउँपलिकाका योजना निर्माणका काम सिँचाइ, सडक, खानेपानी, भवन निर्माण, स्वास्थ्य चौकीका भवन, पुल निर्माण लगायतका विकास निमार्णका योजनाहरुमा अनुगमन गर्दा जनप्रतिनिधी तथा कामदारहरुले पाउनुपर्ने भत्ताको दर फरक पाइएको हो ।

यो आर्थिक वर्षको विकास निर्माणका कार्य लगभग सम्पन्न भएसँगै भइरहेका कार्य तथा सम्पन्न विकास निर्माण योजनाको अनुगमन गरेबापत दिनुपर्ने दैनिक भ्रमण भत्ताको दर पनि स्थानीय तहले आ–आफ्नै किसिमले तोकेका छन् । अजयमेरु गाउँपालिकाका अध्यक्ष उमेशप्रसाद भट्टले अनुगमन बैठक भत्ताबापत दैनिक रु १ हजार ६०० दिने गरेको बताए । तर त्यसको लागि अनुगमन प्रतिवेदन पनि बुझाउनुपर्ने जानकारी दिए ।

आलिताल गाउँपालिकाका अध्यक्ष बलबहादुर गुरुङले अनुगमनकर्ताले बास बस्नु पर्ने अवस्था आएमात्र खाना र बासका लागि रु ७०० अनुगमन भत्ता दिने गरेको अध्यक्ष बलबहादुर गुरुङले जानकारी दिए ।
अर्को गाउपालिका भागेश्वर गाउँपालिका अध्यक्ष कौशिलाकुमारी भट्टलेले भने निर्माणाधीन योजना र निर्माण सम्पन्न योजनाको अनुगमन गरेबापत दैनिक रू १००० दिने गरेको जानकारी दिए । त्यसमा पनि तेह्र प्रतिशत कर कटाएर दिने गरेको भागेश्वर गाउँपालिका अध्यक्ष भट्टले बताउनुभयो । त्यस्तै गन्यापधुरा गाउँपालिकाले पनि अनुगमनबापत रु ८५० दिने गरेको उक्त गाउँपालिकाका अध्यक्ष नवल मल्लले बताए ।
परशुराम नगरपालिका नगर भित्रका योजनाको अनुगमन गर्दा एक हजार ५०० का दरले अनुगमन भत्ता दिँदै आएको त्यहाँका प्रशासकीय अधिकृत ईश्वरलाल शाक्यले जानकारी दिए ।
अमरगढी नगरपालिकाले रु एक हजार ५०० मा १५ प्रतिशत रकम कर कट्टा गरि रु १ हजार २५० दिने गरेको नगरपालिकाका प्रमुख विश्वेश्वरप्रसाद ओझाले बताए ।

 

 

प्रतिक्रिया दिनुहोस्