आरएसडीसी लघुवित्तको हकप्रद भर्ने आज अन्तिम दिन

काठमाडौं, कात्तिक २० । आरएसडीसी लघुवित्त वित्तीय संस्था लिमिटेडले १ बराबर २ को अनुपातमा अर्थात २०० प्रतिशत हकप्रद शेयर भर्ने आज अन्तिम दिन रहेको छ ।

कम्पनीले २३ करोड रुपैयाँको २३ लाख कित्ता शेयर निष्काशन गरेको हो । कम्पनीको हकप्रदमा भदौ १५ गतेसम्मका शेयरधनीले आवेदन दिन सक्नेछन् ।
कम्पनीको हकप्रद निष्कासन तथा बिक्री प्रबन्धकमा एनआईबीएल क्यापिटललाई रहेको छ ।

हाल कम्पनीको चुक्ता पुँजी ११ करोड ५० रुपैयाँ रहेको २०० प्रतिशत हकप्रद पछि चुक्ता पुँजी ३४ करोड ५० लाख रुपैयाँ पुग्नेछ ।

प्रतिक्रिया दिनुहोस्