प्रमुख विदेशी मुद्राहरुको सटही दर
काठमाडौं,२१ फागुन । आज अमेरिकी डलरको भाउ सामान्य घटेको छ । नेपाल राष्ट्र बैंकका अनुसार आज फागुन २१ गते बुधबार १ अमेरिकी डलरको भाउ (बिक्रीदर) १३९ रुपैयाँ ९३ पैसा कायम भएको छ । यस्तै, खरिददर १३९ रुपैयाँ ३३ पैसा कायम भएको छ । यसअघि मंगलबार १ अमेरिकी डलरको भाउ बिक्रीदर १४० रुपैयाँ १० पैसा र खरिददर १३९ रुपैयाँ ५० पैसा कायम भएको थियो ।
राष्ट्र बैंकका अनुसार आज १ युरोको बिक्रीदर १४७ रुपैयाँ १८ पैसा रहेको छ भने खरिददर १४६ रुपैयाँ ५५ पैसा रहेको छ । बेलायती पाउन्ड १ को बिक्रीदर १७७ रुपैयाँ ९५ पैसा खरिददर १७७ रुपैयाँ १९ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ । जापानिज येन १० को बिक्रीदर ९ रुपैयाँ ४१ पैसा र खरिददर ९ रुपैयाँ ३७ पैसा छ ।
त्यसैगरी, अष्ट्रेलियन डलर १ को खरिददर आज ८६ रुपैयाँ ७३ पैसा र बिक्रीदर ८७ रुपैयाँ ११ पैसा तोकिएको छ । क्यानेडियन डलर १ को खरिददर भने ९६ रुपैयाँ ५६ पैसा र बिक्रीमा ९६ रुपैयाँ ९८ पैसा पाइन्छ । कतारी रियाल १ को खरिददर ३८ रुपैयाँ २३ पैसा र बिक्रीदर ३८ रुपैयाँ ३९ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्