सुन र चाँदीको दुबै धातु मूल्य बढ्यो
काठमाडौं,२१ फागुन । बुधबार सुन र चाँदी दुबै धातुको मूल्य बढेको छ । आज सुन प्रतितोला ९०० रुपैयाँ बढेको हो भने चाँदी १० रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ७० हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै, बुधबार, चाँदी तोलामा १० रुपैयाँले बढेको छ । आज चाँदी १ हजार ९५० रुपैयाँमा कारोबार भइरहेकोे छ ।
प्रतिक्रिया दिनुहोस्