सुनको आयात ९ महिनामा २३ अर्ब, माग १९ प्रतिशतले बढ्यो
काठमाडौं । सुनको माग १९ प्रतिशतले बढेको छ । चालु आर्थिक वर्षको नौ महिनामा २३ अर्ब ५ करोड २१ लाख रुपैयाँ बराबरको सुन आयात गरिएको छ।
सुन आयात गत वर्षको तुलनामा १९ दशमलब ७ प्रतिशत बढेको छ। बजारमा माग बढेसँगै आयातमा पनि वृद्धि भएको हो।
गत वर्षको पहिलो नौ महिनामा १९ अर्ब २५ करोड ९७ लाख रुपैयाँ बराबरको सुन आयात भएको थियो।
अघिल्लो आर्थिक वर्ष ९२०७३÷०७४०मा २३ अर्ब २३ करोड रुपैयाँ बराबरको सुन आयात भएको व्यापार तथा निकासी प्रवद्र्धन बोर्डले जनाएको छ।
सुन आयात प्रत्यक वर्ष बढ्दै गएको छ तर, सरकारले हालसम्म कुन देशबाट कति सुन आउँछ भनेर तथ्यांक भने खुलाएको छैन। नेपालमा सुन सबैभन्दा बढी युएईबाट आउने आंकलन गरिएको बोर्डले जनाएको छ।















प्रतिक्रिया दिनुहोस्