सुन र चाँदीको मूल्य आज पनि स्थिर

काठमाडौं,१९ फागुन । सोमबार सुन र चाँदी आज दोस्रो दिन पनि मूल्य स्थिर रहेको छ । आज सुन र चाँदी गत शुक्रबार कायम मूल्यमा नै कारोबार हुने भएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन एक लाख ६८ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, आज पनि चाँदीको मूल्य स्थिर रहेको छ । चाँदी प्रतितोला १ हजार ९१५ रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्