विहानै देखि अवरुद्ध नारायणगढ-मुग्लिन सडक दुईतर्फी सञ्चालन

काठमाडौं । पहिरो पन्छाएपछि नारायणगढ-मुग्लिन सडक दुईतर्फी सन्चालनमा आएको छ । आइतबार बिहान ५ः३० बजे इच्छाकामना गाउँपालिका–६, कालीखोलामा पहिरो खसेपछि सडक अबरुद्ध भएको थियो ।

पहिरो हटाएपछि गाडी चलिरहेको मुग्लिन प्रहरीले जनाएको छ । तर, दुई घण्टासम्म गाडी रोकिँदा केही चाप रहेको छ ।

दिउँसोको समयमा सो सडक बन्द गरिने हुँदा सवारीको चाप बिहान बेलुका बढी हुने गर्छ ।

 

प्रतिक्रिया दिनुहोस्