सुन र चाँदीको मूल्य स्थिर

काठमाडौं,१८ फागुन । आईबार सुन र चाँदीको मूल्य स्थिर रहेको छ । आज सुन र चाँदी गत शुक्रबार कायम भएको मूल्यमा नै कारोबार हुंदैछ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन एक लाख ६८ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, चाँदीको मूल्य पनि आज स्थिर नै रहेको छ । आज चाँदी प्रतितोला एक हजार ९१५ रुपैयाँमा कारोबार भइरहेको छ । यो मूल्य शुक्रबार कायम मूल्य हो ।

प्रतिक्रिया दिनुहोस्