ट्रम्पको कर आतंक, युरोपेली संघबाट आयातित कारहरूमा २५ प्रतिशत कर लगाउने घोषणा

काठमाडौं,१६ फागुन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो प्रशासनले युरोपेली संघबाट आउने कारहरू सहितका उत्पादनहरूमा २५ प्रतिशत कर लगाउने निर्णय गरेको बताएका छन् ।

यस सम्बन्धमा चाँडै घोषणा हुने उनको बताएका छन् । कारसहित अन्य सबै कुराहरुमा २५ प्रतिशत कर लगाउने बताए ।

अमेरिकाको युरोपेली संघसँग करिव ३ सय अर्ब डलरको घाटा रहेको पनि उनले बताए । अमेरिकासँग उनीहरुले फरक तरिकाले फाइदा उठाएको भन्दै इयुले आफ्ना उत्पादनहरु स्वीकार नगरेको आरोप लगाए ।

प्रतिक्रिया दिनुहोस्