सुन चाँदीको मूल्यमा भारी गिरावट

काठमाडौं,१६ फागुन । सुक्रबार सुनको मूल्यमा भारी गिरावट आएको छ । आज सुनको मूल्य प्रतितोला २ हजार २०० रुपैयाँ घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन एक लाख ६८हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, चाँदीको मूल्य भने तोलामा ३० रुपैयाँ घटेको छ । आज चाँदी प्रतितोला एक हजार ९१५ रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्