सुनको मूल्यमा सामान्य गिरावट, चाँदी भने सामान्य बढ्यो
काठमाडौं,१५ फागुन । बिहीबार सुनको मूल्य सामान्य घटेको छ । आज सुनको मूल्य प्रतितोला २०० रुपैयाँ घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन एक लाख ७० हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै, चाँदीको मूल्य भने तोलामा ५ रुपैयाँ बढेको छ । आज चाँदी प्रतितोला एक हजार ९४५ रुपैयाँमा कारोबार भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्