हिमालयन जनरल इन्स्योरेन्सको शेयर लिलामीमा
काठमाडौं । हिमालयन जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले लिलामीमा शेयर निष्काशन गर्ने भएको छ । कम्पनीले सर्वसाधारण समूहको तर्फको ७१ हजार ५३० कित्ता हकप्रद लिलिमीमा निष्काशन गर्न लागेको हो ।
कम्पनीको लिलामी शेयरमा कात्तिक २७ गतेदेखि मंसिर ४ गते बोलपत्र पेश गर्ने अन्तिम दिन तोकिएको छ ।
कम्पनीले गत असार २८ गतेदेखि भदौ ९ गतेसम्म हकप्रद बिक्रीका लागि खुला गरेकोमा साधारणतर्फ आवेदन नपरेको हकप्रद लागि लिलामका लागि बोलपत्र आव्हान गरेको हो ।
प्रतिक्रिया दिनुहोस्