सुन उच्च मूल्यबाट केहि घट्यो
काठमाडौं,१४ फागुन । बुधवार सुनको भाउमा गिरावट आएको छ । आज छापावाल सुनको मूल्य तोलामा ८ सय रुपैयाँ घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले बुधबारका लागि भाउ प्रतितोला १ लाख ७० हजार ५ सय रुपैयाँ तोकेको छ । मंगलबार हालसम्मकै उच्च प्रतितोला १ लाख ७१ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरि,चाँदीको मूल्य पनि तोलामा ३० रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला १९७० रुपैयाँ रहेको चाँदी आज १९४० रुपैयाँमा कारोबार भइरहको छ ।
प्रतिक्रिया दिनुहोस्