आजको प्रमुख विदेशी मुद्राहरुको विनिमय दर

काठमाडौं,१४ फागुन । आज अमेरिकी डलरको भाउ बढेको छ । नेपाल राष्ट्र बैंकका अनुसार आज फागुन ९ गते बुधबार १ अमेरिकी डलरको भाउ (बिक्रीदर) १३९ रुपैयाँ ८४ पैसा कायम भएको छ । यस्तै, खरिददर १३९ रुपैयाँ २४ पैसा कायम भएको छ । यसअघि मंगलबार १ अमेरिकी डलरको भाउ बिक्रीदर १३९ रुपैयाँ ०२ पैसा र खरिददर १३८ रुपैयाँ ४२ पैसा कायम भएको थियो ।

यता, राष्ट्र बैंकका अनुसार आज १ युरोको बिक्रीदर १४६ रुपैयाँ ५२ पैसा रहेको छ भने खरिददर १४५ रुपैयाँ ८९ पैसा रहेको छ । बेलायती पाउन्ड १ को बिक्रीदर १७६ रुपैयाँ ६३ पैसा खरिददर १७५ रुपैयाँ ८७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ । जापानिज येन १० को बिक्रीदर ९ रुपैयाँ ३३ पैसा र खरिददर ९ रुपैयाँ २९ पैसा छ ।

त्यसैगरी, अष्ट्रेलियन डलर १ को खरिददर आज ८८ रुपैयाँ १९ पैसा र बिक्रीदर ८८ रुपैयाँ ५७ पैसा तोकिएको छ । क्यानेडियन डलर १ को खरिददर भने ९७ रुपैयाँ ६३ पैसा र बिक्रीमा ९८ रुपैयाँ ०५ पैसा पाइन्छ । कतारी रियाल १ को खरिददर ३८ रुपैयाँ २० पैसा र बिक्रीदर ३८ रुपैयाँ ०८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्