नेपाल बीमा प्राधिकरण अध्यक्ष ओझाले लिए शपथ

काठमाडौं,१३ फागुन । नेपाल बीमा प्राधिकरणका अध्यक्षका रुपमा शरद ओझाले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल समक्ष अर्थ मन्त्रालयमा मंगलबार आयोजित कार्यक्रममा ओझाले शपथ लिएका हुन् ।

अर्थमन्त्री पौडेल लगायत अर्थसचिव धनश्याम उपाध्याय, राजस्व सचिव दिनेशकुमार घिमिरे लगायतले झालाई बधाइ तथा कार्य सफलताको शुभकामना दिए ।

ओझालाई सोमबार बसेको मन्त्रिपरिषद् बैठकले बीमा प्राधिकरणको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्