अधिक तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट २५ अर्ब रुपैयाँ तान्दै
काठमाडौं,१३ फागुन । नेपाल राष्ट्र बैंकले मंगलबार बजारबाट २५ अर्ब रुपैयाँ तान्ने भएको छ । अधिक तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले निक्षेप संकलन उपकरणमार्फत बजारबाट २५ अर्ब रुपैयाँ तान्न लागेको हो । आज मंगलबार फागुन १३ गते २२ दिन अवधिको निक्षेप संकलन उपकरणको बोलकबोल हुने केन्द्रीय बैंकले जनाएको छ ।
इच्छुक बैंक तथा वित्तीय संस्थाले आज दिउँसो ३ बजेसम्म बोलकबोलमार्फत आवेदन दिन सक्नेछन् । बजारमा रहेको अधिक तरलता व्यवस्थापनका लागि राष्ट्र बैंकले निक्षेप संकलन उपकरण प्रयोग गर्दै आएको छ ।
यसको साँवा र ब्याज भुक्तानी मिति चैत ६ गते निर्धारण भएको छ । यसको ब्याजदर भने बोलकबोलबाटै निर्धारण हुनेछ । बैंक तथा वित्तीय सस्थाहरुले न्यूनतम १० करोड र अधिकतम ५ करोडले निःशेष भाग जानेगरी निष्काशित रकम बराबरको माग गर्न सक्नेछन् ।















प्रतिक्रिया दिनुहोस्